मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१६ दिन अगाडि
मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धिविरुद्धको जनचेतना अभिवृद्धि र सम्बन्धित निकायलाई खबरदारी गर्ने उद्देश्यले सहितकाे अभियन शनिबार प्रदर्शन गरेको हो । अभियान्ताहरूले “कच्चा पदार्थको मूल्य बढेको बहानामा पटक–पटक मूल्यवृद्धि हुँदा पनि सरकार किन मूकदर्शक बनेको ?” भन्दै प्रश्न गरेका छन् । सरकार र व्यापारी दुवै मिलेर उपभोक्ता र बजारमाथि बेइमानी गरिहेको उनीहरूको दाबी छ । बारम्बार कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगिएको उनीहरूको भनाइ छ ।

मूल्यवृद्धि विरुद्ध साङ्केतिक नाटक समेत प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य, व्यापारी, न्यायालय सबै क्षेत्रबाट उपभोक्ता कसरी ठगिएका छन् भन्ने विषयलाई सांङ्केतिक नाटकमा प्रस्तुत गरिएको थियो । सबै क्षेत्रबाट उपभोक्ता लुटिरहेको र तिनलाई राजनीतिक नेतृत्वले कसरी संरक्षण गरिरहेको छ भन्ने विषयलाई नाटकमा उतारिएको थियो ।