प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासकाे मत दिइ सरकारमा सहभागि हुने कांग्रेसको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
प्रधानमन्त्रीमा  प्रचण्डलाई विश्वासकाे मत दिइ सरकारमा सहभागि हुने कांग्रेसको निर्णय

काठमाडाैं- नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेको छ ।

आइतबार बसेकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता रामशरण महतले विश्वासकाे मत दिने जानकारी दिए । सरकारले  भोलि चैत ६ गते विश्वासको मत लिँदैछ ।

नेपाली कांग्रेसले सोही अनुसार संसदीय दललाई निर्देशित पनि गरेको छ । यस्तै नेपाली काँग्रेसपनि सरकार समावेश हुने निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेसबाट पठाउने मन्त्रीको क्राइट एरिया बनाउने निर्णय पनि गरेकाे छ। यद्यपि  मन्त्रालयकाे भागबण्डाकाे वषयभने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि मात्र टुंगो लग्ने छ।

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको आजको बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई बधाई तथा शुभकामना दिने निर्णय पनि गरेकाे छ। 

यस्तै विश्वकप क्रिकेटको छनोट चरण पुगेकाे नेपाली टोलीलाइ बधाई तथा आगामी खेलकोलागि शुभकामना दिने निर्णय पनि कांग्रेसले  गरेकाे छ ।