काठमाडौँ - देशभरका क्याम्पसमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित शंकरदेव क्याम्पसमा पनि मतदान भइरहेको छ ।
आइतवार बिहान ८ बजेदेखि सुरु भएको मतदान देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।