कांग्रेस संसदीय दलको बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ । कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत दिनुअघि कांग्रेसले उक्त निर्णय गरेको छ । यस्तै बैठकले मन्त्री छान्न चारवटा मापदण्ड बनाएको कांग्रेस प्रवक्ता महतको भनाइ छ । बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।