प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि पाँच ठाउँमा निषेधाज्ञा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि पाँच ठाउँमा निषेधाज्ञा

विराटनगर - विराटनगरमा प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि निषेधाज्ञा जारी भएको छ ।

विराटनगरको पाँच ठाउँमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

आज आइतरबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा कुनै किसिमको सभा, जुलुश, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

पहिचानको मागलाई सम्बोधन नगरी प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदेश १ मा प्रदर्शन भइरहेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गर्ने तयारी गरेको छ । महेन्द्र चोकको कार्यक्रमलाई गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्नेछन् ।