तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने

काठमाडौँ - तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ ।

सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो । 

जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने भएका छन् । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित गर्न लागिएको हो । 

पहिलोपटक प्रचण्ड प्रधानमन्त्री भएका बेला जनयुद्धका मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको थियो । त्यतिबेला सहिदको नाम राजपत्रमा प्रकाशित नभएपछि आधिकारिक हुन सकेको थिएन । अहिले प्रचण्ड प्रधानमन्त्री भएपछि सबै जनयुद्धमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिएको हो ।