प्रधानमन्त्री दाहाललाई रास्वपाले विश्वासको मत दिने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
प्रधानमन्त्री दाहाललाई रास्वपाले विश्वासको मत दिने निर्णय

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वासको मत दिने भएको छ ।

रास्वपाको संसदीय दलको आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताएका छन् । 

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने योजना बनाएका छन् ।