प्रधानमन्त्री दाहाललाई एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
प्रधानमन्त्री दाहाललाई एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।

उपमहासचिव जगन्नाथ खतिवडाले अगाडि भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

उनले कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको बताएका छन् ।