नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने

काठमाडौँ - नेपाली कांग्रेस आजबाट सत्ता पक्षको बेन्चमा बस्ने भएको छ ।

पुस २५ गतेबाट सुरु भएको संसद अधिवेशनमा यसअघि कांग्रेस प्रमुख प्रतिपक्षीको बेन्चमा बसेको थियो । कांग्रेस संसदीय दलको प्रमुख सचेत रमेश लेखकले आइतबार विहान संघीय संसद भवनको ल्होत्से हलमा विहान बसेको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने बताएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सत्ता पक्षको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेत लेखकलेले बताए ।

यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो । सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।

राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिताए बोलाएर एमालेले समर्थन पनि फिर्ता लिसकेको छ ।