संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न नेकपा एमालेले रुलिङ माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
 संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न नेकपा एमालेले रुलिङ माग

काठमाडौँ -  संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न नेकपा एमालेले रुलिङ माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेकी हुन् । 

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गरे । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको बताए । उनले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यस बारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गरे ।  

त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताए ।  सांसद भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।