स्ववियु निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
स्ववियु निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका अनुसार देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो । 

निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १५३२ जना प्रहरी परिचालन गरिएको छ । 

यस्तै कोशीमा १२०६, मधेसमा २२२, बागमतीमा ५२९ जना प्रहरी परिचालन गरिएको छ । 

यसैगरी गण्डकीमा ६८०, कर्णालीमा ४२९, सुदूरपश्चिममा ५७७ जना प्रहरी परिचालन गरिएको छ । यस्तै उपत्यकाका क्याम्पस क्षेत्रमा १३०० जना प्रहरी परिचालन गरिएको छ । देशभर चुनाव हुने ४४८ क्याम्पसमध्ये २८४ वटामा मनोनयन दर्ता भएका थिए ।