प्रधानमन्त्री दाहाललाई लोसपाले विश्वासको मत दिने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१९ दिन अगाडि
प्रधानमन्त्री दाहाललाई लोसपाले विश्वासको मत दिने निर्णय

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ । 

आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी गराए । 

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बस्थ्यो तर अब सत्ता पक्षमा नै बस्ने निर्णय गरेको छ । बैठकले सरकारमा समेत सहभागी हुने निर्णय गरेको छ ।