देशैभरका चार क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४३ दिन अगाडि
देशैभरका चार क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान

काठमाडौँ - देशैभरका चार क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरसहित पुलचोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ र केन्द्रीय प्रविधि क्याम्पस धरानमा विद्युतीय मतदान भइरहेको हो ।

यी चार क्याम्पसमा मतदान सकिएको एक घण्टाभित्रै नतिजा आउने त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए । अधिकारीले मतदान र नतिजा दिन सहज हुने भएकाले विद्युतीय मतदान गरिएको बताएका छन् ।