अखिल क्रान्तिकारीले फुटायो डोटीमा स्ववियु निर्वाचनको मतपेटिका

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
अखिल क्रान्तिकारीले फुटायो डोटीमा स्ववियु निर्वाचनको मतपेटिका

डोटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् ।

आइतबार जारी स्ववियु निर्वाचनमा फर्जीमत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।