प्रधानमन्त्रीद्वारा भोलि  प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
प्रधानमन्त्रीद्वारा भोलि  प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने 

काठमाडौं - सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

उनले आफूलाई शतप्रतिशत सांसदहरूले विश्वासको मत दिने दाबी गरेका छन्।

प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा संघीय संसद भवनमा पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउने बताए।

प्रधानमन्त्री दाहाललाई १० दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपालगायत दलले भने विश्वासको मत नदिने बताइरहेका छन्।