काठमाडाै -आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो ।