त्रिविलाई कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
त्रिविलाई कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाव

काठमाडौं - त्रिभुवन विश्वविद्यालयलाई कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाव भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्ष तर्फको मत गणनाको नतिजा सहजै सार्वजनिक गरेपनि कलेजहरूलाई समानुपातिकको हिसाब भने गाह्रो परेको देखिन्छ । 

जसले गर्दा उनीहरूले हिसाब नजान्दा त्रिविलाई तनाब परेको छ । समानुपातिकको हिसाब बुझ्नका लागि कलेजहरूले त्रिविको विद्यार्थी कल्याण तथा खेलकुल निर्देशनालयमा फोन गर्ने गरेका छन् । कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाब भइरहेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले कलेजहरूलाई हिसाब बुझाउँदा बुझाउँदा अन्य कुराबारे सोच्न नसकिएको बताए ।  समानुपातिकको मत गणना गरेर सबै अन्तिम मत परिणाम सार्वजनिक हुन एक हप्ता लाग्ने देखिएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली लागू गरेको थियो ।

जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्षबाट निर्वाचित हुनेछ । उपाध्यक्ष र सहायक सचिव समानुपातिक मत परिणामको आधारमा मनोनित गरिनेछ ।  त्यसका लागि समानुपातिकमा सबैभन्दा बढी मत पाउने संगठनको तर्फबाट बढी सदस्य मनोनित हुनेछन् । मनोनित भएका सदस्यहरूबाटै स्ववियु कार्य समितिको बैठकले भागबण्डा गर्नेछ । तर, कलेजहरूले यसबारे हिसाब बुझ्न नसकेको निर्देशक अधिकारीको भनाई छ ।