जसपाबाट नवनिर्वाचित उपराष्ट्रपति यादवले दिएको राजीनामा स्वीकृत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
जसपाबाट नवनिर्वाचित उपराष्ट्रपति यादवले दिएको राजीनामा स्वीकृत

काठमाडौँ - जनता समाजवादी पार्टीबाट नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले दिएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।