सिभिल अस्पतालमा आन्दोलन -कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी,भोलिबाट अनशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
सिभिल अस्पतालमा आन्दोलन -कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी,भोलिबाट अनशन

काठमाडौ-निजामती कर्मचारी अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चैत्र २ बाट आन्दोलनमा होमिएका कर्मचारीले कार्यकारी निर्देशकको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेड यूनियनको अगुवाइमा आन्दोलन गरेका हन् । अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको थियो ।

असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हन् । अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । ट्रेडयुनियन अध्यक्ष सन्तोष धिमालले बषौँदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलनमा जान बाध्य भएको बताए । उनका अनुसार दैनिक १५ मिनेट अस्पत्तालमा दैनिक धर्नाको कार्यक्रम निरन्तर छ। माग सुनुवाइ नभएपछि आज तालाबन्दी गरिएको उनलेे बताए । भोलिबाट रिले अनशन सुरु गर्न लागिएको जानकारी दिए।