पूर्वगृहमन्त्री लामिछानेलाई उच्च सरकारी वकिलको कार्यालयले पनि राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
पूर्वगृहमन्त्री लामिछानेलाई उच्च सरकारी वकिलको कार्यालयले पनि राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय

काठमाडौं - पूर्वगृहमन्त्री रवि लामिछानेलाई उच्च सरकारी वकिलको कार्यालयले पनि राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ ।

उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय तयार भएको र सम्भवत सोमबार नै महान्यायाधिवक्ता दिनमणि पोखरेलसमक्ष पेस हुने स्रोतको भनाइ छ ।

केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयमै रहेको रविको राहदानीसम्बन्धी मुद्दाको राय छिटो गरी उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुर्‍याइएको हो ।