पटना जंक्शन रेलवे स्टेसनमा जडान गरिएको टिभी स्क्रिनमा अचानक पोर्न फिल्म चल्न थाल्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
पटना जंक्शन रेलवे स्टेसनमा जडान गरिएको टिभी स्क्रिनमा अचानक पोर्न फिल्म चल्न थाल्यो

एजेन्सी - आइतबार भारतस्थित पटना जंक्शन रेलवे स्टेसनमा जडान गरिएको टिभी स्क्रिनमा अचानक पोर्न फिल्म चल्न थाल्यो ।

यो बिहारको राजधानी पटनाको मुख्य रेलवे स्टेसन हो । घटनापछि सम्बन्धित निकायको टेन्डर रद्द गरिएको रेलवेले जनाएको छ । रेलवे सम्पत्तिको रक्षा गर्ने आरपीएफ र रेल परिसरमा कानुन व्यवस्थाको अनुगमन गर्ने जीआरपीलाई यसबारे सूचित गरिएको छ । स्टेसनको टिभी स्क्रिनमा तीन मिनेटसम्म पोर्न क्लिप चलिरहेको थियो । त्यसपछि टिभी स्क्रिन सञ्चालन गर्ने कम्पनीलाई रेलवेको तर्फबाट बोलाएर बन्द गराएको थियो । यो घटना आइतबार बिहान करिब १० बजेको हो ।

पूर्वी मध्य रेलवेका प्रवक्ताका अनुसार आरपीएफले यस विषयमा एफआईआर दर्ता गरेको छ र यसको अनुसन्धान भइरहेको छ । स्टेसनमा टिभी स्क्रिन मार्फत विज्ञापन वा सूचनाहरू प्ले गर्न प्रयोग हुने उपकरणहरू पनि आरपीएफले कब्जामा लिएको छ । वास्तवमा, देशभरका प्रमुख स्टेसनहरूमा टिभी स्क्रिनहरू मार्फत यात्रुहरूका लागि थुप्रै सरकारी सूचना प्रसारण गर्ने गरिन्छ । यसबाहेक स्क्रिनमा विज्ञापन पनि प्रसारण हुन्छ । यसका लागि प्रायः टेन्डरमार्फत निजी कम्पनीलाई ठेक्का दिइन्छ । त्यस्ता स्क्रिनको सञ्चालन टेन्डर प्राप्त गर्ने कम्पनीले गर्छ ।