१३ हजार बढी विद्यार्थीले एनओसी लिदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३७ दिन अगाडि
१३ हजार बढी विद्यार्थीले एनओसी लिदै

काठमाडौं - फागुन महिनामा मात्रै १३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख बासुदेव वस्तीका अनुसार फागुन महिनामा विभिन्न देशका लागि १३ हजार ९४५ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका हुन् ।

शाखाका अनुसार फागुन महिनामा सबैभन्दा बढी जापानको लागि ८ हजार ९१ वैदेशिक अध्ययन अनुमति पत्र जारी भएको छ ।

दोस्रो नम्बरमा अष्ट्रेलियाका लागि २ हजार ६१० जना, क्यानडाको लागि एक हजार ६६० जना, युकेका लागि ५५९ जना, भारतका लागि २३४ जना र न्युजिल्यान्डका लागि १०२ जनासहित ३४ देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र जारी भएको छ ।

उक्त एनओसीबाट सरकारले दुई करोड ८९ लाख ४२ हजार राजश्व संकलन गरेको छ । विभिन्‍न कारणले १५१ जनाको आवेदन रद्द गरिएको शाखाले जनाएको छ ।