नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन प्रतिपक्षमा उभिन्छौं - रास्वपा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन प्रतिपक्षमा उभिन्छौं - रास्वपा

काठमाडौं  -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता डीपी अर्यालले न्यूनमत साझा कार्यक्रममा समावेश भएका आम नागरिकका मुद्दा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै अर्यालले आफूहरुकै जोडबलमा न्यूनमत साझा कार्यक्रम बनेको र त्यसमा आफूहरुका कयौं एजेण्डाहरु समावेश भएको बताए ।  

‘हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं’, उनले भने, ‘सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं ।’ आफ्नो दलमाथि संकट पर्दा साथ दिएको भन्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।