चित्रबहादुरको प्रश्न -यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
चित्रबहादुरको प्रश्न -यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?

काठमाडौँ -राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई महिनामै सत्तासमिकरण फेरिने र सरकार बदल्ने खेल हेर्दा नेपाली जनताले के भन्लान् भन्ने चिन्ता लागेको बताएका छन् ।

 सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले अहिलेको संसदीय प्रणालीलाई चलाउनै नसक्ने अवस्था रहेको बताए । ‘दुई महिना अघि सरकार बन्यो, तर दुई महिनामै सरकार फेरियो, यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?’, केसीले भने, ‘हाम्रो संसदीय प्रणाली कसैको पनि बहुमत आउनै नसक्ने छ ।

यो प्रणाली थेग्नै नसक्ने भयौ, सरकार बनाउने र ढलाउने मात्रै केन्द्रित हुँदा लोकतन्त्र गणतन्त्र धरापमा परेको छ ।’उनले यो प्रक्रियाले जनतालाई राम्रो सन्देश नदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड बालकोट गएर पनि पुरानै गठबन्धनमा फर्किएकाले सरकारलाई समर्थन गरेको बताए ।