अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४२ दिन अगाडि
अष्ट्रेलियासँग भारत १० विकेटले पराजित

 काठमाडाै‌ - भारत भ्रमणमा रहेको अष्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ ।

तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई शर्मनाक १० विकेटको हार चखाएको हो । टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि ब्याटिङ  थालेको भारतले टिमको खातामा ३ रन हुँदादेखि नै विकेट गुमाउन थाल्यो । विराट कोहलीले ३१, अक्षर पटेलले २९ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि भारत २६ ओभरमा ११७ रनमा समेटियो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमै विनाविकेट १० विकेटले नै जीत दर्ता गर्‍यो । अष्ट्रेलियाका लागि मिचेल मार्सले ३६ बलमा ६६ र ट्राभिस हेडले ३० बलमा ५१ रनको अविजित पारी खेले । भारतलाई सस्तैमा समेट्न माइकल स्टार्कले ५, सिन एब्बोटले ३ र नाथन इलिसले २ विकेट लिए । ३ सिरिजमा १-१ बराबरी भएको छ । सिरिजको निर्णायक खेल २२ मार्चमा हुनेछ ।