काठमाडौं - बिहीबार (चैत ९ गते) बाट सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु हुने भएको छ ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।
बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई (१ः१) सेयर अनुपातमा मर्ज हुन स्वीकृति दिएको हो । यो सँगै दुई कम्पनीको मर्जर प्रकृया अघि बढेको हो । यस्तै, दुवै कम्पनीको फागुन १२ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । हाल सानिमाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।