प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४१ दिन अगाडि
प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृत्यु

काठमाडौँ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले पाथीभरा मन्दिरको दर्शन गरी सोमबार बेलुका माथिल्लो फेदीमा वास बसेकी बिर्तामोड नगरपालिका– २ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको बताएका छन् । 

प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार पाथीभराको दर्शन गरी  पुनः माथिल्लो फेदीमा आई गौतमलगायत आफन्त वास बसेका थिए । बहिनी र अन्य आफन्तका साथ आएकी गौतम मंगलबार राति २ बजेतिर शौचालय गएकी र निकैबेर शौचालयबाट नफर्किएपछि हेर्दा शौचालयमा नै लडेको अवस्थामा भेटिएकी थिइन् ।

तत्काल स्थानीय स्वास्थ्यकर्मी बोलाएर चेकजाँच गर्न खोज्दा उनी मृत भइसकेकी थिइन् । प्रहरीले मृत गौतमको शवलाई जिल्ला अस्पतालमा ल्याउने  र पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने बताएका छन् ।