त्रिवि समिति अध्यक्षको जिम्मेवारी नेविसंघका अध्यक्ष शेर्पाले तीन जनालाई दिएको पत्र सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४० दिन अगाडि
 त्रिवि समिति अध्यक्षको जिम्मेवारी नेविसंघका अध्यक्ष शेर्पाले तीन जनालाई दिएको पत्र सार्वजनिक

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले तीन जनालाई दिएको खुलेको छ ।

चैत ७ गतेको मिति राखेर नेविसंघ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको हो । 

विष्णुबहादुर बडैला, दीपकराज जोशी र  गणेश भण्डारीलाई नेविसंघले अध्यक्ष मनोनीत गरिएको पत्र दिएको छ। तीनवटै पत्रको बोधार्थ त्रिवि कीर्तिपुरलाई समेत दिइएको छ। अध्यक्ष शेर्पाले केही दिनमा नेविसंघ त्रिवि समिति मिलाउने बताए । अहिले तीनै जना आधिकारिक नभएको उनको भनाइ छ ।

त्रिवि समिति अध्यक्ष मनोनीत गरिएका तीनै जनालाई तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको उल्लेख छ।

 

336612312_1242773236677460_4429435595554669101_n336620888_907740297136163_7856764422225772740_n336646752_164196229814859_3872525407177609888_n