‘नाईं नभन्नू ल ६’मा अनुभवको जोडी योगिशा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३६ दिन अगाडि
‘नाईं नभन्नू ल ६’मा अनुभवको जोडी योगिशा

काठमाडाै‍ -नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ ।

यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिएको छ ।  यसको दोस्रो शृङ्खलादेखि नछुटेका एकजना चर्चित बाल कलाकार हुन् अनुभव रेग्मी । बाल कलाकारको रुपमा लोभलाग्दो फ्यान कमाएका उनी यतिबेला भने केही बढेका छन् । त्यसकारण यस चलचित्रमा उनको अभिनय रहनेमा आशंका थियो । यसैबीच निर्देशक विकाशराज आचार्यले दुई तस्वीर सार्वजनिक गरेका छन्, जसले अनुभवका फ्यानहरुलाई खुशी तुल्याउँछ ।

चलचित्रको टिजर र एउटा गीत यसअघि सार्वजनिक भइसकेको अवस्थामा केही भागको छायाँकन पशुपति क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा खिचिएका तस्वीरमा अनुभव ‘प्रेमगीत ३’ फेम्ड बाल कलाकार योगीशा खत्रीसँग प्रस्तुत छन् ।  निर्देशक आचार्यका अनुसार चलचित्रमा अनुभव र योगिशा अतिथि भूमिकामा प्रस्तुत हुनेछन् । चलचित्रमा उनीहरू कलाकार जोडीको रुपमा देखिँदै छन् । यो चलचित्रमा निखिल उप्रेती र संञ्चिता लुइँटेलका छोरा अथर्व बाल कलाकारको रुपमा छन् ।  चलचित्रमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारी लगायतको अभिनय छ ।