काठमाडौँ -श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन् । टेस्ट ब्याट्सम्यानको वरीयतामा तेस्रो स्थानमा स्टीभ स्मिथ रहेका छन् भने चौथो र पाँचौँ स्थानमा क्रमशः जो रुट र बाबर आजम छन्।
टेस्टको बलिङतर्फ भारतका रवीचन्द्रन अश्विन शीर्ष स्थानमा कायम छन् । दोस्रो स्थानमा इंग्ल्याण्डका जेम्स एन्डरसन, तेस्रो स्थानमा अस्ट्रेलियाका प्याट कमिन्स, चौथो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र पाँचौँ स्थानमा पाकिस्तानका शाहीन अफ्रिदी छन् ।