नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्रीलाई कांग्रेसका महामन्त्री थापाकाे आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३९ दिन अगाडि
नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्रीलाई कांग्रेसका महामन्त्री थापाकाे आग्रह

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न आग्रह गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेको अकोराबको कार्यक्रममा बोल्दै थापाले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नभएको पनि बताए। जनतामा नैराश्यता देखिएको भन्दै उनले सरकारलाई काम नगरी बस्ने छुट नहुने पनि बताए।

प्रधानमन्त्री डरायो भने बल्ल नागरिकका डरबाट मुक्त हुने अवस्था बन्ने उनको भनाइ थियो। प्रधानमन्त्री उपस्थित बानेश्वरको एक कार्यक्रम स्थलमा मंगलबार युवाहरूले नाराबाजी गर्दा प्रहरीले मुख बन्द गरिदिएको थियो।

महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए। उनले भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने पनि बताएका छन्।