मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

काठमाडौ- आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै हुनुहुन्छ । उहाँको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।