काठमाडौ - सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् छ ।
मन्त्री शर्मा देश बाहिर रहेकाले उनको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उनको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताएका छन् ।
नयाँ पुस्ताले उनको योगदानबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले सन्चार क्षेत्रबाट एउटा युगको अगुवाइ गर्ने ताम्राकार महत्त्वपूर्ण व्यक्तित्वको रुपमा रहेको बताए । मन्त्री शर्माले ताम्राकारका छोरीहरु हिमा चापागाईं, ब्योमा ताम्राकार, गृष्मा राजभण्डारीलगायत परिवारजनमा समवेदना पनि दिएकी छिन् । ताम्राकारको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
माइली छोरी ब्योमा ताम्राकारले दागबत्ती दिएका थिए । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन वाचन गरेकी थिईन। उनलाई २०७४ सालमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।