प्रधानमन्त्रीलाई भेट्न लोसपाका अध्यक्ष महन्थ ठाकुर बालुवाटारमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
प्रधानमन्त्रीलाई भेट्न लोसपाका अध्यक्ष महन्थ ठाकुर बालुवाटारमा

काठमाडौँ  - प्रधानमन्त्री प्रचण्डलाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।

सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।

लोसपाको बिहीबार बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कुन मन्त्रालय र कतिवटा लिने, सरकारमा कसरी सहभागी हुने लगायतको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

साथै बारामा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउने निर्णय गरेको छ । यी सबै विषयमा भेटका क्रममा छलफल गर्ने सो पार्टीका नेता मनिष मिश्रले बताए ।