ओलीको एक महिने सडक यात्रा मंसिरमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
ओलीको एक महिने सडक यात्रा मंसिरमा

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहीं बैशाखबाट सुरु गर्ने भनेको पूर्वपश्चिम सडक यात्रा मंसिरमा मात्रै गर्ने भएका छन् । 

‘यहीं वैशाखमा सुरु गर्ने भनेको थियो, अब मंसिरमा मात्रै हुने भयो । पहाडी बाटोबाट महाकालीको झुलाघाटबाट लगभग एक महिना लगाएर पाँचथरको चिवा भञ्ज्याङसम्मका जनतासँग भेटघाट गर्ने योजना छ’, शुक्रबार झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले भने, ‘राजमार्ग नै राजमार्ग हिँड्ने मेरो योजना छ मंसिरमा ।’ यसअघि ओलीले आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्ने बताएका थिए ।