नेपालको फिफा महिला वरीयतामा सुधार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
नेपालको फिफा महिला वरीयतामा सुधार

काठमाडौं - नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो । नेपालको वरीयता तीन स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ।

इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं,  स्पेन सातौं, नेदरल्यान्ड्स आठौं,  ब्राजिल नवौं र अष्ट्रेलिया १० औं स्थानमा रहेको छ ।