काठमाडौँ - भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले शिष्टाचार भेट गरेका छन् ।
आइतबार राजदूत शर्माले भारतको लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता गरेका हुन् ।
राजदूत शर्माले आफ्नो ट्युटवमा मुख्यमन्त्री योगीसँग भेटेकोमा खुशी लागेको उल्लेख गरेका छन् । उत्तर प्रदेशको विकासमा मुख्यमन्त्री योगीको भूमिका सह्रानीय रहेको उल्लेख गर्दै उनले नेपाली जनताप्रति पनि उनको सदभाव रहेको उल्लेख गरेका छन् ।
भेटका क्रममा नेपाल–भारतको सम्भावित साझेदारी विकासका बारेमा पनि छलफल गरिएको शर्माले उल्लेख गरेका छन् ।