संसदमा उठ्यो लिम्पियाधुरामा जनगणना नभएको विषय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३६ दिन अगाडि
संसदमा उठ्यो लिम्पियाधुरामा जनगणना नभएको विषय

काठमाडौँ - नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रतिनिधिसभामा उठाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै ती क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् । 

उनले २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।