कान्छी सांसद निशा डाँगीले सभामुखसामू राखेको २ प्रश्न के थियो ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३६ दिन अगाडि
कान्छी सांसद निशा डाँगीले सभामुखसामू राखेको २ प्रश्न के थियो  ?

काठमाडौँ - जनताले सोधेका प्रश्नहरुमा आफू निरुत्तरित हुने गरेको भन्दै प्रतिनिधिसभाकी कान्छी सांसद निशा डाँगीले सभामुखसामू दुई प्रश्न राखेकी छिन् । 

रास्वपाकी सांसद उनले प्रतिनिधिसभा बैठकमा पहिलो पटक बोल्दै जनताले सासंदको हैसियतमा आफूलाई केही प्रश्न राखेपनि ती प्रश्नप्रति निरूत्तर हुने गरेको भन्दै सभामुखसामु  प्रश्न गरेकी हुन् । 

उनले कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? र  संसदीय समितिहरू कहिले बनेर कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारवाहिमा गतिशिल भएर अघि बढ्छ ? भन्ने प्रश्न गरेकी हुन् ।   उनले झापा जिल्लाका जनताले भोगरिहेको केही समस्याका बारेमा पनि सदनलाई ध्यानाकर्षण गराइन् ।