प्रहरीमा आफ्नो छुट्टै गुट नभएको आईजीपी कुँवरकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३६ दिन अगाडि
प्रहरीमा आफ्नो छुट्टै गुट नभएको आईजीपी कुँवरकाे भनाइ

काठमाडौँ - प्रहरीमा आफ्नो छुट्टै गुट नभएको नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बताएका छन् ।

पदवहालीपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै कुँवरले भने, ‘मेरो कुनै टिम र गुट छैन ।’

आईजीपी कुँवरले सामूहिकताको आधारमा निर्णय गर्ने बताएका छन् । विगतमा प्रहरीमा आईजीपीका ब्याचमेटहरुको बिचमा हिलो छ्यापाछ्याप हुने गरेको थियो । त्यसतर्फ सङ्केत गर्दै कुँवरले भने, ‘सामूहिक निर्णय गर्छु ।’

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट प्रहरीको गोप्य कागजात बाहिरिने गरेको विगत सम्झाउँदै कुँवरले भने, ‘कर्मचारी प्रशासन शाखाबाट कागजात बाहिरिए राम्रो हुँदैन ।’

प्रहरीभित्र कमजोरी भएको बताउँदै कुँवरले आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । निर्देशन सम्बोधनमा उनले भने, ‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो ।’

प्रहरी भित्रका गलत व्यक्तिहरूका कारण समस्या आउने गरेको कुँवरको भनाइ छ ।