काठमाडौँ - गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई बढुवा गर्न सिफारिस गरेको छ।
सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्य हुन्छन्। धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए। खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो।