काठमाडौं - आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ ।
साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।