बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन छलफल हुदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन छलफल हुदै

काठमाडौँ -  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन छलफल भएको छ । 

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो । छलफल बागबण्डाबारे सहमति जुटाउने विषयमा केन्द्रित भएपनि ठोस निष्कर्ष भने ननिस्केको नेताहरुको भनाइ छ ।