इजरायली राष्ट्रपतिको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
इजरायली राष्ट्रपतिको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आग्रह

जेरुसेलम - सोमबार इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ । प्रदर्शनपछि हर्जोगले ट्वीटरमा सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका हुन् ।

प्रदर्शनकारीहरूले सुधार परियोजनाले इजरायलको लोकतन्त्रलाई खतरामा पारेको बताएका छन् ।  नेतन्याहूको सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।  नेतन्याहूले बेलायतको दुई दिने भ्रमण सकी स्वदेश फर्केपछि राष्ट्रपतिको यो प्रतिक्रिया आएको छ ।