प्रधान सेनापतिद्वारा डा.अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
प्रधान सेनापतिद्वारा डा.अरुण शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाईउपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानगरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिभएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् ।

सोही अवसरमाप्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एकजना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।