काठमाडौँ - नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरूद्धको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन्।
सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको थियो। घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो।
आफूहरूले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको र स्थगित पनि भएको सन्दीपका वकिल मुरारी सापकोटाले सेतोपाटीलाई जानकारी दिए। जिल्ला अदालत काडमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ।
अर्को पेशी कहिलेलाई तोकिन्छ भन्नेबारे दिउँसो ४ बजेपछि मात्र थाहा हुने अधिवक्ता सापकोटाले बताएका छन्।