देश जहाँ छोयो त्यहीँ नै फाटेको उड्डयनमन्त्री किरातीकाे टिप्पणी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
देश जहाँ छोयो त्यहीँ नै फाटेको उड्डयनमन्त्री किरातीकाे टिप्पणी

 काठमाडौं - देश जहाँ छोयो त्यहीँ नै फाटेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा उनले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए ।

मन्त्री किरातीले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताए । नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनले स्थान नपाउने समस्या देखिएको पनि उनले बताए । उनले बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको टिप्पणी गरे ।