गृह मन्त्रालयमा गाईको मासु बेच्नेलाई कारबाही गर्न पत्राचार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३५ दिन अगाडि
गृह मन्त्रालयमा गाईको मासु बेच्नेलाई कारबाही गर्न पत्राचार

काठमाडौँ - गृह मन्त्रालयलाई मधेशी आयोगले वीरगंज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न पत्र पठाएको छ ।

सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो । चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै  विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए  ।

उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा गृह मन्त्रालयलाई पत्राचार गरिएको हो । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप भएको बताउँदै त्यस्तो कार्य गर्नेलाई कारवाही गर्न गृहमन्त्रालयलाई पत्र पठाइएको बताए ।

अध्यक्ष डा.दत्तले यस्ता गैरकानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिए । सो चिकेन स्टेशन हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले सञ्चालन गरेका हुन्  ।