प्रधानमन्त्री दाहालसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच छलफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३४ दिन अगाडि
प्रधानमन्त्री दाहालसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच छलफल

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले छलफल गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका हुन् । 

सो क्रममा आफूहरुले पाउने मन्त्रालय संख्या बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएको बताइएको छ ।  प्रधानमन्त्री प्रचण्डसँग समाजवादीका नेताहरुले तीन मन्त्रालय माग गरेका छन् । 

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए । 

उनीहरुले गृह, अर्थ र परराष्ट्रमध्ये एक शक्तिशाली मन्त्रालय सहित तीन मन्त्रालय दिन दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । पार्टीबाट महत्वपूर्ण पदमा कोही नभएकाले शक्तिशाली मन्त्रालय सहित तीन मन्त्रालय पाउनुपर्ने समाजवादीका नेताहरुको भनाइ छ ।