काठमाडौं - सुनको भाउ लगातार घटेको छ । यो ३ दिनमा सुनको भाउ १८ सय रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।
यसअघि, सोमबार छापावाल सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।